२०८२ मंसिर २३, सोमवार , ०१:१९:३८ बजे

Sajhamanch
'

सुनको भाउ आज सामान्य घट्दो, चाँदीको बढ्यो

आइतवार, मंसिर २२, २०८२

काठमाडौं । सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँ घटेर तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५२ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार ५५५ रुपैयाँ रहेको थियो ।

आइतवार, मंसिर २२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर