२०८२ मंसिर २१, शनिवार , ०३:५८:३७ बजे

Sajhamanch
'

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

शनिवार, मंसिर २१, २०८२

झापा । अर्जुनधारामा जारी रहेको अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।

पुलिसले ६–२५, १५–२५ र १७–२५ को सोझो सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । पुलिसले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी एलिसा मानन्धर भइन् । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरिन् ।

प्रतियोगिताअन्तर्गत अन्तिम सेमिफाइनल खेल आज दिउँसो २ बजे समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बि’ को उपविजेता न्यू डायमन्ड बीच हुनेछ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल भोलि मंसिर २१ गते हुने छ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

सम्बन्धित खबर