२०८२ मंसिर २०, शुक्रवार , ०४:५५:३४ बजे

Sajhamanch
'

टी–२० क्रिकेटमा ६०० विकेट पूरा गर्ने तेस्रो बलर बने नरायन

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । वेस्ट इन्डिजका सुनिल नरायन टी–२० क्रिकेटमा ६०० विकेट पूरा गर्ने तेस्रो बलर बनेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेशनल लिग (आईएल) टी–२० मा ३७ वर्षीय बलिङ अलराउन्डरले यो उपलब्धि हासिल गरेका छन् । आईएल टी–२० आबुधाबी नाइट राइडर्सका नरायनले शारजाह वारियर्ससँगको खेलमा १ विकेट लिएका हुन् ।

यसअघि टी–२० क्रिकेटमा अफगानिस्तानका राशिद खानले ६८१ र वेस्ट इन्डिजकै ड्वेन ब्राभोले ६३१ विकेट लिएका छन् ।

५६८ टी–२० खेलमा नरायनले ६ दशमलव १६ को इकोनोमी रेट कायम राखेका छन्, यो कम्तीमा २०० विकेट लिने ११७ बलरमध्ये सबैभन्दा राम्रो हो ।

आईपीएल इतिहासमा सबैभन्दा सफल बलर बनेका नरायनले १९२ विकेट लिएका छन् । यस्तै उनी अहिले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा १३३ विकेटका साथ सबैभन्दा सफल बलर हुन् ।

सम्बन्धित खबर