२०८२ मंसिर २०, शुक्रवार , ०४:०९:३७ बजे

Sajhamanch
'

देशभर छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । गए राति र बिहान भएका दुर्घटनामा मृत्यु हुनेहरूमा मोरङ, सप्तरी, रूपन्देही, सिराहा र बैतडीका व्यक्तिहरू रहेका छन् ।

  • उदयपुर: बेलका नगरपालिका-६ बुद्ध चोकस्थित सडकमा प्र.१-०२-०५८ प ४३८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २१ वर्षीय सरोज तामाङ को विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • सप्तरी: कञ्चनरूप नगरपालिका-२ बरमझियास्थित सडकमा मधेश प्रदेश ०२-००१ ख ०२८७ नम्बरको बस र ना.३ ख ४४०२ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा बसमा सवार हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको धर्मेश्वर अस्पताल ठेलियामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ८ जनाको सोही अस्पताल र प्राइम अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
  • रूपन्देही (देवदह): देवदह नगरपालिका-७ सित्तलनगरस्थित सडकमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३५ वर्षीय किसन परियार को देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
  • रूपन्देही (लुम्बिनी): लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ बन्जरहीस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २० वर्षीय सुरज लोध को भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • सिराहा: गोलबजार नगरपालिका-१० धर्मपुर टोलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय दिपेश थापा को घटनास्थलमै मृत्यु भएको छ ।
  • बैतडी: सुर्नया गाउँपालिका-५ कठेगौडास्थित सडकमा मिनी ट्रक सोही ठाउँस्थित सुर्नया नदीमा खसेर दुर्घटना हुँदा चालक २९ वर्षीय नरेश महरा को घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । सप्तरीमा दुर्घटना गराउने बस चालकलाई नियन्त्रणमा लिइएको छ भने फरार ट्रक चालकको खोजी भइरहेको छ । रूपन्देहीमा बोलेरो जिपका चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।

 

शुक्रवार, मंसिर २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर