२०८२ मंसिर २०, शुक्रवार , ०३:४८:१७ बजे

Sajhamanch
'

राप्रपाले मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने जनाएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक ज्ञानेन्द्रबहादुर शाहीले राजसंस्था,राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय समझदारीका लागि दबाब दिन मंसिर २३ गते प्रदर्शन गर्न लागिएको जानकारी गराउनु भयो।

उहाँले संवैधानिक राजसंस्था,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,प्रदेश संरचना खारेज,संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द,स्थानीय तह गैरदलीय,भ्रष्टाचारीलाई आजीवन काराबास र जेनजी आन्दोलनका हत्यारालाई पक्राउको माग गर्नुभयो।

वर्तमान सरकारबाट जेनजी युवाहरूमाथि धोका भएको उहाँको भनाइ छ । शाहीले देशले जित्नेगरी राजा, जेनजी र दलहरूबीच गोलमेच सम्मेलन गरि संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आएपनि मुलुकको अवस्थामा परिवर्तन नहुने उहाँको भनाइ छ ।

उहाँले देशमा नयाँ नेतृत्वसँगै र संविधान पनि संशोधन हुनुपर्नेमा जोड दिनुभयो। राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभइ सबै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरू सडकमा आउने उहाँको भनाइ छ ।

सम्बन्धित खबर