२०८२ मंसिर २०, शुक्रवार , १२:२०:११ बजे

Sajhamanch
'

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज राष्ट्रसङ्घका सबै सदस्य देशमा मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन शुरू भएको हो ।

राष्ट्रसङ्घीय महासभाले सन् १९८५ डिसेम्बर ५ तारिखका दिन यो दिवस मनाउने घोषणा गरेको हो । यो अवसरमा आज न्यूयोर्कमा रहेको राष्ट्रसङ्घको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाउने अपेक्षा गरिएको राष्ट्रसङ्घले जनाएको छ ।

यसै अवसरमा सन्देश दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सबै स्वयंसेवकप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । सन्देशमा उहाँले प्राकृतिक विपद्, द्वन्द्वग्रस्त समुदायलाई सहयोग, गरिबी निवारणमा काम गर्नेलगायत चुनौती सामना गर्दै आफ्नो समय, ऊर्जा र सीप स्वेच्छिक रूपमा समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवता वर्तमान विश्वका लागि प्रेरणाको स्रोत बनेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रसङ्घका १६९ वटा सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसङ्घका स्वयंसेवकहरू क्रियाशील छन् ।

शुक्रवार, मंसिर २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर