२०८२ मंसिर १८, बुधवार , १२:१७:५३ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

बुधवार, मंसिर १८, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ ।

आज सुनको भाउ ८०० रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलामा ११० रुपैयाँले बढेको छ । चाँदी आज ११० रुपैयाँले बढेर तोलाको तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तीन हजार पाँच सय ४५ रुपैयाँ थियो ।

बुधवार, मंसिर १८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर