
काठमाडौं । एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट खेल्न यूएई गएको नेपाली टोली स्वदेश फर्किएको छ । स्वदेश फर्किएको नेपाली टोलीलाई हिजो बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल क्रिकेट सङ्घका पदाधिकारीले स्वागत गरे ।
एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपाल उपविजेता बनेको थियो । सोमबार भएको फाइनल खेलमा नेपाल घरेलु टोली युएईसँग २७ रनले पराजित भएको थियो । नेपालसँगै युएई र मलेसिया एशिया कपका लागि छनोट भएका थिए ।
१९ वर्षमुनिको एशिया कप यही डिसेम्बर १२ देखि २१ तारिखसम्म यूएईमै हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका तथा युएई रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान, मलेसिया रहेका छन् ।


