२०८२ मंसिर १७, मङ्गलवार , ०४:५६:२४ बजे

Sajhamanch
'

विराटनगर दुग्ध वितरण आयोजनाले पुनः सुरु गर्‍यो पाउडर दूध उत्पादन

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । विराटनगरमा दूध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दूध उत्पादन सुरु गरेको छ ।

पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दूध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दूधको उपयोगका लागि पुनः पाउडर दूध उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाले काठमाडौँस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध–तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको जनाएको छ ।

नयाँ सम्झौता प्रक्रियामा केही समय लाग्ने भएकाले सङ्कलित दूध नष्ट हुन नदिई पाउडर दूध उत्पादनतर्फ फर्कनु परेको आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले बताउनु भयो । अहिले तीन–चार दिनको अन्तरालमा एक पटक पाउडर दूध उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

विराटनगर दुग्ध वितरण आयोजनामा हाल करिब ९८ मेट्रिक टन मक्खन र १०७ मेट्रिक टन पाउडर दूध मौज्दात रहेको छ ।

दूध संकलन वृद्धि, उत्पादन विविधीकरण र मौज्दात व्यवस्थापनमार्फत कृषकको दूध सुनिश्चितरूपमा उपयोग हुने वातावरण बन्न थालेको आयोजनाले जनाएको छ ।

मङ्गलवार, मंसिर १७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर