२०८२ मंसिर १७, मङ्गलवार , ०२:५०:०५ बजे

Sajhamanch
'

बाजुराको मार्तडी बजारमा आगलागी

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२ः२० बजेतिर आगलागी सुरु भएको हो ।

दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण खुलेको छैन ।

मङ्गलवार, मंसिर १७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर