
काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ६०० रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ५३५ रुपैयाँ थियो ।


