२०८२ मंसिर १७, मङ्गलवार , ११:१४:३७ बजे

Sajhamanch
'

त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । इन्डोनेसियामा चलिरहेको त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल योग्यकार्ताको मागुवोहर्जो रङ्गशालामा नेपाली समयअनुसार सवा ६ बजे शुरु हुनेछ ।

चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ । चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ । चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एशियन कपको उपाधिसमेत जितेको छ ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चाइनिज ताइपेइ नेपालभन्दा बलियो टोली भएता पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जीत निकाल्ने विश्वास व्यक्त गरे । कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताएकी छन् ।

शृङ्खलाअन्तर्गत गएको बिहिवार आफ्नो पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गतेलले हारेको थियो । चाइनिज ताइपेइले भने इन्डोनेसियामाथि ५–० गोलको जित निकालेको थियो ।

सम्बन्धित खबर