२०८२ मंसिर १६, सोमवार , १२:३५:३४ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा १४०० रुपैयाँले बढ्यो

सोमवार, मंसिर १६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।

आज सुनको भाउ एक हजार ४०० रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज ४५ रुपैयाँले बढेर तोलाको तीन हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ४९० रुपैयाँ थियो ।

सोमवार, मंसिर १६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर