२०८२ मंसिर १६, सोमवार , १०:३०:४३ बजे

Sajhamanch
'

१९ वर्षमुनिको एशियन प्रीमियर कपको फाइनलमा नेपालले आज यूएइसँग खेल्दै

सोमवार, मंसिर १६, २०८२

काठमाडौं । १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुने छ । फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।

सम्बन्धित खबर