२०८२ मंसिर १२, बिहिवार , ०४:०८:१७ बजे

Sajhamanch
'

बिर्तामोडबाट लागु औषधसहित एक जना पक्राउ

बिहिवार, मंसिर १२, २०८२

झापा । बिर्तामोड नगरपालिका ३ सैनिक मोडबाट प्रहरीले आज ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ३५ वर्षीय प्रफुल्ल राजवंशीको साथबाट कालो प्लाष्टिकमा पोको पारेको ४ ग्राम ब्राउन सुगर (प्लाष्टिकसहित ६.८५० ग्राम), नेपाली ८२० रुपैयाँ र भारतीय २ हजार रुपैयाँ बरामद भएको छ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर