
पर्सा । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको पहिलो चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरका उत्पादन निर्यात भएका छन् ।
गएको आर्थिक वर्षको त्यही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।
वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार बितेको साउनदेखि कात्तिक मसान्तसम्ममा १७ अर्ब ३२ करोड रुपैयाँको भटमासको तेल र दुई अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूलको जुस निर्यात भएको छ ।


