२०८२ मंसिर १२, बिहिवार , १२:३८:०३ बजे

Sajhamanch
'

इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवक पक्राउ

बिहिवार, मंसिर १२, २०८२

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा. १५ च. २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को. २७ प. ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो ।

नियन्त्रणमा लिइएका चौधरी स्कारपियो गाडीका चालक हुन् । मोटरसाईकल चालक भने फरार भएका छन् । चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रवक्ता थापाले बताउनु भयो ।

सम्बन्धित खबर