२०८२ मंसिर ११, बुधवार , १२:१२:१४ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले बढ्यो

बुधवार, मंसिर ११, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले बढेको छ ।

सुन आज ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार २०० रुपैयाँ थियो ।

बुधवार, मंसिर ११, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर