२०८२ मंसिर ११, बुधवार , १०:२२:५८ बजे

Sajhamanch
'

आज रामकलेवासँगै विवाह पञ्चमी महोत्सव समापन हुँदै

बुधवार, मंसिर ११, २०८२

धनुषा । त्रेता युगमा भएको रामरसीताको विवाहको सम्झनामा धनुषाको जनकपुरधाममा मनाउने गरिएको विवाह पञ्चमी महोत्सव आज समापन हुँदैछ ।

विवाह पञ्चमीको मुख्य दिन हिजो स्वयंम्बर र विवाह सम्पन्न भएको छ । जानकी मन्दिरबाट माता सीताको डोला र राम मन्दिरबाट भगवान रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा परम्परागत विधिअनुसार परिक्रमा गराई स्वयंम्बर गरियो ।

स्वयंवर कार्यक्रम सकिएपछि हिजो बेलुका जानकी मन्दिरमा वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम गरिएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिनुभयो ।

विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भारतबाट आएका पाहुनालाई आज बिदा गरेपछि विवाह पञ्चमी महोत्सव सकिनेछ । भारतबाट आएका पाहुनालाई बिदा गरिने कार्यलाई रामकलेवा भनिन्छ ।

सम्बन्धित खबर