२०८२ मंसिर १०, मङ्गलवार , ०५:१८:१२ बजे

Sajhamanch
'

मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित)

मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेस गरेको राजीनामा स्वीकृति गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको खरेलले बताउनु भयो ।

सम्बन्धित खबर