२०८२ मंसिर १०, मङ्गलवार , ०१:३१:०१ बजे

Sajhamanch
'

सुनको भाउ आज ५२०० रुपैयाँले बढ्यो

मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको छ ।

सुन आज तोलामा पाँच हजार २०० रुपैयाँले बढेर तोलाको दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ११५ रुपैयाँ थियो ।

मङ्गलवार, मंसिर १०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर