२०८२ मंसिर ९, सोमवार , ०१:५१:४० बजे

Sajhamanch
'

विराटनगरले दियो जनकपुरलाई १३६ रनको लक्ष्य

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २/२ विकेट लिए ।

विराटनगर यसअघिका दुई वटै खेल जित्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ ।

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो ४ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र छैटौं स्थानको कर्णाली याक्स खेल्दैछन् ।

सम्बन्धित खबर