२०८२ मंसिर ९, सोमवार , ०१:५०:११ बजे

Sajhamanch
'

जेनजी फ्रन्टद्वारा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठको बर्खास्ती माग

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बर्खास्ती माग गरेको छ ।

फ्रन्टले विज्ञप्ति निकालेर श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नो परिवारका सदस्य र नातेदारलाई नियुक्त गरेको भन्दै श्रेष्ठको बर्खास्ती र श्रेष्ठले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी गर्न पनि माग गरेको हो ।

नेपाल सरकारको सचिवसरह सेवा सुविधा लिइरहेका श्रेष्ठले श्रीमती सङ्गीता श्रेष्ठलाई सहसचिवसरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्नुभएको छ । त्यस्तै नातेदार रहेका अरू व्यक्तिलाई समेत प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको जेनजी फ्रन्टले जनाएको छ ।

विज्ञप्तिमा राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार रहेको उल्लेख छ ।

फ्रन्टले प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को–को कुन–कुन पदमा कार्यरत छन् भन्ने विवरण सार्वजनिक गर्न पनि माग गरेको छ ।

सम्बन्धित खबर