२०८२ मंसिर ९, सोमवार , १०:१९:३७ बजे

Sajhamanch
'

विवाहपञ्चमीको चौथो दिन तिलकोत्सव सम्पन्न, आज मटकोर विधि गरिँदै

सोमवार, मंसिर ९, २०८२

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमीको चौथो दिन हिजो तिलकोत्सव सम्पन्न भएको छ । बाजागाजा, झाँकी र साधुसन्तको टोलीसहित राम मन्दिरतर्फ परिक्रमा गरिएको छ ।

त्रेतायुगमा राम र सीताको विवाह भएको स्मरणमा मनाइने यो पर्व मिथिलाको सांस्कृतिक पहिचानको मुख्य आधार हो । सात दिनसम्म चल्ने यस महोत्सवमा दैनिक रूपमा विशिष्ट धार्मिक–सांस्कृतिक विधिहरू सम्पन्न भइरहेका छन् ।

यसैबीच पाँचौँ दिन आज मटकोर विधि सम्पन्न हुँदैछ । मिथिला परम्पराअनुसार विवाह–यज्ञका लागि आवश्यक मण्डप निर्माण गर्न पवित्र माटो ल्याउने यो अत्यन्तै महत्त्वपूर्ण विधि हो ।

मटिहानी नजिकको लक्ष्मीनारायण मठ क्षेत्र वा पवित्र मानिने पोखरीबाट माटो निकालेर धार्मिक जुलुससहित जानकी मन्दिर पुर्याइन्छ । महिला समूहले आज परम्परागत लोकगीत गाउने गर्छन ।

सम्बन्धित खबर