२०८२ मंसिर ८, आइतवार , ०२:५५:४६ बजे

Sajhamanch
'

दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

आइतवार, मंसिर ८, २०८२

काठमाडौं । दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जित्यो ।

नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । भारतकी फुला सरेनले नटआउट ४४ रन बनाइन् । नेपालकी दिल्लीसरा धमलाले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनायो । नेपालकी सरिता घिमिरेले नटआउट ३३ रन बनाइन् । भारतकी जमुना रानी टुडु र अनु कुमारीले १र१ विकेट लिए ।

हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । यस्तै भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराएको थियो ।

भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ वटा टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर