
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । भाउ बढेको दिन सुन आज तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार तोलामा एक हजार ३०० रुपैयाँले घटेर सुन तोलाको दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवार सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार १०० रुपैयाँ रहेको थियो ।


