२०८२ मंसिर ६, शुक्रवार , १२:२८:५१ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा १३०० रुपैयाँले घट्यो

शुक्रवार, मंसिर ६, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको छ । चाँदी आज ८५ रुपैयाँले घटेर तोलाको तीन हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १८५ रुपैयाँ थियो ।

शुक्रवार, मंसिर ६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर