२०८२ मंसिर ५, बिहिवार , ०१:५१:०० बजे

Sajhamanch
'

मुस्ताङमा पछिल्लो ४ महिनामा २ लाखभन्दा धेरै पर्यटक भित्रिए

बिहिवार, मंसिर ५, २०८२

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा २ लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि कात्र्तिक मसान्तसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालू आवको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ जना र कात्र्तिक महिनामा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

नेपाल–चीन बहुचर्चित कोरला नाका तथा लोमान्थाङ दरबार, झोङ गुफालगायत माथिल्लो मुस्ताङका सदियौँ वर्ष पूराना गुम्बा, माने, छोर्तेन, मानव निर्मित गुफालगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षदेखि पर्यटन मन्त्रालयले उपल्लो मुस्ताङको हिमचुचुराको आरोहरण खुला गरेकाले विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको उहाँको भनाइ छ ।