
काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ७०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५० रुपैयाँ थियो ।


