२०८२ मंसिर ५, बिहिवार , ११:१४:५७ बजे

Sajhamanch
'

विराटनगर आइसीपीमा १९ कर्मचारी माग

बिहिवार, मंसिर ५, २०८२

विराटनगर । नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन सञ्चालनका लागि करार सेवाबाट कर्मचारी पदपूर्ति गर्ने सूचना जारी गरेको छ।

नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म आइसीपी सञ्चालन समितिको व्यवस्थापनबाट चलाउनुपर्ने भएकाले अस्थायी दरबन्दीका पदहरू खुला प्रतियोगितामार्फत भर्ना गर्न आवेदन माग गरिएको हो।

बिहीबार प्रकाशित विज्ञापनअनुसार पाँचौँ तहका ४ वरिष्ठ सहायक, चौथो तहका ३ फोरमेन, ११ कार्यालय सहायक, एक प्लम्बर तथा एक हलुका सवारी चालक/फोर्कलिफ्ट अपरेटरसहित कुल १९ पदका लागि दरखास्त आह्वान गरिएको छ। सहायक तहका आवेदकका लागि उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

आवेदन मंसिर १९ सम्म सकिने सूचनामा उल्लेख छ।

Untitled

सम्बन्धित खबर