२०८२ मंसिर ४, बुधवार , ०१:११:२५ बजे

Sajhamanch
'

यो सिजनमा ८५०० पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरे

बुधवार, मंसिर ४, २०८२

गोरखा । चालू आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् । मनास्लु क्षेत्रमा गएको कात्तिकमा चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार ४४२, भदौमा ७७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न पुगेका थिए । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरिएकोमा चालू आर्थिक वर्षदेखि नेपाली पर्यटकको विवरणसमेत राख्न शुरू गरेको उहाँले जानकारी दिनुभयो ।

गएको आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा १२ हजार ५१२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर