२०८२ मंसिर २, सोमवार , ०१:२९:५९ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढ्यो

सोमवार, मंसिर २, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुन आज ५०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज २० रुपैयाँले बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको तीन हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार १३५ रुपैयाँ थियो ।

सोमवार, मंसिर २, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर