२०८२ मंसिर १, आइतवार , ११:१३:२६ बजे

Sajhamanch
'

पाँचथरमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

आइतवार, मंसिर १, २०८२

पाँचथर । इलाम पाँचथर सीमावर्ती गोरुवाले भञ्ज्याङ नजिकै भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

शनिवार राति इलामको माइमझुवादेखि पाँचथरको लुङरुपातर्फ नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर आउँदै गरेको प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर इलाम र पाँचथरको सीमावर्ती गोरुवाले भञ्ज्याङ भीरबाट नजिक पल्टेको थियो ।

दुर्घटनामा पाँचथरको फिदिम नगरपालिका १४ घर भएका सोही ट्याक्टरका सह चालक सोमबहादुर राई (पञ्चे)को घटनास्थलमै ज्यान गएको हो । घट्नापछि चालक फरार छन भने दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

सम्बन्धित खबर