२०८२ कार्तिक २९, शुक्रवार , ०५:०७:१८ बजे

Sajhamanch
'

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ ।

आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।

‘निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,’ भट्टराईले भन्नुभयो ।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उहाँले बताउनु भयो ।

सम्बन्धित खबर