२०८२ कार्तिक २९, शुक्रवार , १२:१४:४२ बजे

Sajhamanch
'

अर्जुनधारा जलेश्वर धाममा वायु पुराण सप्ताह महायज्ञ शुरु

शुक्रवार, कार्तिक २९, २०८२

झापा । अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वर धाममा बिहीबारदेखि वायु पुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

धाम व्यवस्थापन समितिको आयोजनामा ४३औं वार्षिक अनुष्ठानअन्तर्गत सुरु भएको महायज्ञको उद्घाटन प्रमुख अतिथि १००८ केशवानन्द स्वामीजी महाराजले गर्नु भएको हो ।

महायज्ञ आगामी मंसीर ३ गते बालाचर्तुदशीका दिन सम्पन्न हुनेछ । प्रमुख वाचक अन्तराष्ट्रिय कथाव्यास पण्डित कुवेर सुवेदी र उपवाचक पण्डित हेमन्त भण्डारी रहनु भएको छ ।

उद्घाटन समारोहमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडा र बटुक खेमराज लामिछानेले प्रस्तुत गर्नु भएको थियो भने सञ्चालन पत्रकार केशव भट्टराईले गर्नु भएको थियो । उद्घाटन अघि नगरपालिकाका विभिन्न स्थानमा कलश यात्रा ¥याली निकालिएको थियो ।

सम्बन्धित खबर