२०८२ कार्तिक २९, शुक्रवार , ११:४६:०५ बजे

Sajhamanch
'

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै

शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो ।

विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुनेछ ।

उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।

ठीक एक महिनाअघि २८ असोजबाट सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथिमितिबारे विवाद छ । संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचपछि मात्रै महाधिवशेन गर्नपर्ने बताइरहेको छ ।

कांग्रेसको संस्थापन इरत समूह भने निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । आगामी पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने इतर समूहको तर्क छ ।

केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारदेखि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । अर्को बैठक शनिबार दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ।

सम्बन्धित खबर