२०८२ कार्तिक २८, बिहिवार , ०४:०८:४३ बजे

Sajhamanch
'

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

बिहिवार, कार्तिक २८, २०८२

भोजपुर । यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैँ–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।

केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् । भोजपुर नगरपालिका–५ का किसान भिमसेन फुयालले भन्नुभयो, “हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ । केहि समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ । अर्मपर्म गरेर आ–आफ्नो खेतको धान थन्काउने काम जुेटका छौँ।”

वर्षातका कारण धानबालीमा केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भइरहेको स्थानीय कृषक कमला थापाले बताउनुभयो । “बर्षातले धानबाली केहि क्षति पुग्यो”उहाँले भन्नुभयो,“तर जे बाँकी छ, त्यसलाई थन्काउजे काममा गरिरहेका छौँ ।अहिले धान थन्काउने हाम्रो मुख्य काम बनेको छ ।”

बेमैसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ । धान यहाँका किसानको प्रमुख अन्नबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।

बिहिवार, कार्तिक २८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर