२०८२ कार्तिक २८, बिहिवार , ०१:४६:१६ बजे

Sajhamanch
'

पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । काठमाडौंको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो ।

खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय सञ्चालन गर्दै आएको थियो ।

अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौता बमोजिमको भाडा नतिरेपछि खड्का ल्याण्डका भौतिक संरचनामा आज विहान डोजर चलाइएको हो ।

स्काउट र खड्का ल्याण्डबीच भएको भाडासम्बन्धी सम्झौता २०७५ साल मै समाप्त भइसकेको भए पनि खड्काले अटेर गरी व्यवसाय गर्दै आउनुभएको थियो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न सात दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।

म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् । स्काउटले २०६५ सालमा भाडामा दिएको तीन रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।

बिहिवार, कार्तिक २८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर