२०८२ कार्तिक २८, बिहिवार , १०:१५:०९ बजे

Sajhamanch
'

नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’ को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ ।

निगमका प्रवक्ता अनिल घिमिरेले हिजो विज्ञप्ति निकाल्दै देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमान मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो ।

विमान दुई महिनादेखि इञ्जिन मर्मत र वार्षिक जाँचका लागि ‘ग्राउण्डेड’ गरिएको थियो । परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्वीनअटर विमानमार्फत अस्ति २५ गतेदेखि आन्तरिक व्यावसायिक उडान फेरि शुरू भएको जनाएको छ । यसले पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुलाई सेवासुविधा थप सहज हुने निगको विश्वास छ ।

बिहिवार, कार्तिक २८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर