२०८२ कार्तिक २७, बुधवार , ०७:२३:४० बजे

Sajhamanch
'

सामुदायिक विद्यालयको जग्गाबारे विवरण पठाउन सरकारको निर्देशन

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । यस्तै केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।

केन्द्रले गरेको सर्कुलरमा शिक्षा मन्त्रालयबाट सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गासम्बन्धी विवरण माग भई आएकाले यथाशीघ्र उपलब्ध गराइदिन भनिएको छ ।

शिक्षा मन्त्रालयले जिल्ला, पालिका, विद्यालयको नाम, जग्गाको क्षेत्रफल, भोगचलनको अवस्था, जग्गासम्बन्धी समस्या भएमा त्यसको विवरण खुलाएर पठाउन निर्देशन दिएको छ । विद्यालयको जग्गा हिनामिना भएको गुनासो धेरै जिल्लाबाट आएकाले विवरण माग गरेको शिक्षामन्त्री महावीर पुनले बताउनुभयो ।

अहिले देशभर ३५ हजार ४४७ विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक रहेका छन् । यसअघि शिक्षा मन्त्रालयले देशभरका निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको थियो ।

बुधवार, कार्तिक २७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर