
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अवको ४ महिना अर्थात १२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न प्रस्ताव गरेको छ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, क्लब र खेलाडीसँग हिजो भएको छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले क्लब र नेपाल खेलाडी संघसँग यस्तो प्रस्ताव गरेका हुन् ।
मन्त्री गुप्ताले एन्फा अभिभावकीय संघ भएकाले मिति तोक्नुपर्ने बताउनुभएको थियो । गएको बिहीवार खेलाडीहरु ‘ए’ डिभिजन लिग गराउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका थिए । नेपालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग नभएको ८८७ दिन पुगेको छ ।
एन्फा र क्लबहरुबीच शहीद स्मारक ‘ए’ डिभिजन लिग नगरी राष्ट्रिय लिग गर्ने सहमति गरेसँगै खेलाडीहरुले आन्दोलन थालेका थिए ।


