२०८२ कार्तिक २७, बुधवार , ०९:०५:५६ बजे

Sajhamanch
'

स्टुडेन्ट अफ द इयर रियालिटी शो बिर्तामोडबाट सुरू हुँदै

बुधवार, कार्तिक २७, २०८२

बिर्तामोड । १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्यार्थी भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चका रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी शो ‘स्टुडेन्ट अफ द इयर’ झापाको बिर्तामोडबाट सुरू हुने भएको छ ।

बहुप्रतिभा प्रदर्शनको प्रतिष्ठित डबलीका रूपमा सुरू हुन लागेको सो रियालिटी शोको प्रथम अडिशन झापाको बिर्तामोडमा ६ मंसिरमा हुने भएको हो ।

स्टुडेन्ट अफ द इयरका क्रिएटिभ हेड इमरान अलीले शो नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट रहेको जानकारी दिए । उनले देशभरका १३ वर्षदेखि २१ वर्षसम्मका बिद्यार्थीहरूको सहभागिता रहने बताउँदै झापाको बिर्तामोडसहित देशभरका ११ वटा शहरमा अडिशन हुने जानकारी दिए ।

उनले स्टुडेन्ट अफ द इयरमा भाग लिन विद्यार्थीहरुले रजिष्ट्रेसन शुल्क वापत ९९९ रूपैयाँ वुझाउनु पर्ने तथा फाइनलसम्म कुनै पनि शुल्क नलाग्ने उनले प्रष्ट पारेका छन् । झापाको बिर्तामोडमा मंसिर ६ गते पहिलो अडिसन हुने अलीको भनाई छ । मंसीर ५ गते ट्रफी टुर गरिने उनले बताए ।

स्टुडेन्ट अफ द इयरका विजेताले नगद ५ लाख र ५ लाख रुपैयाँ बराबरको छात्रवृत्तिसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम सञ्चालक इभा गिरीले विद्यार्थी भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले स्टुडेन्ट अफ द इयरको आयोजना गरेको बताइन् । सहजै प्रतिभा पस्कन सकिने मूलथलोका रूपमा सो रियालिटी सो आउने बताउँदै गिरीले मापदण्डभित्र पर्नेले भाग लिन आग्रह समेत गरिन् ।

प्रोडुसर दिव्य सापकोटाले विद्यार्थीले आफ्नो प्रतिभा देखाउने सजिलो प्लेटफर्म भएको बताउँदै सदुपयोग गर्ने अवसर गुमाउनु नहुने सुनाए ।

कार्यक्रम संयोजक अश्विन तिम्सिनाले स्टुडेन्ट अफ द इयरमा विद्यार्थीले आफूमा भएका सबै प्रतिभा प्रस्फुटन गर्ने भएकाले यस कार्यक्रममा भाग लिन सबैलाई आग्रह गरे । उनले विभेद र अन्याय नहुने कार्यक्रमबाट नेपाली युवा युवतीले सन्सारमा चिनिने मौका निर्माण हुनेसमेत दावी गरेका छन् ।

युवा वैज्ञानिक तथा इञ्जिनियर आरिफ अलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गरेका थिए ।

सम्बन्धित खबर