२०८२ कार्तिक २६, मङ्गलवार , ०२:०१:१२ बजे

Sajhamanch
'

सुनको भाउ आज एकैदिन तोलामा ४९०० रुपैयाँले बढ्यो

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा चार हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार ५०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको तीन हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको तीन हजार १६५ रुपैयाँ थियो ।

मङ्गलवार, कार्तिक २६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर