२०८२ कार्तिक २६, मङ्गलवार , ११:३४:३२ बजे

Sajhamanch
'

वैवाहिक बलात्कारको आरोपमा जेल, धरौटी तिरेर घर गएकै दिन पत्नीको हत्या

मङ्गलवार, कार्तिक २६, २०८२

पर्वत । मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले जेलबाट छुटेकै दिन घर पुगेर ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका छन् ।

कुटपिटबाट बेहोस सीतालाई प्रहरीले उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।

कुटपिटको घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिनुभयो । उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।

अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् ।

घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए ।

मङ्गलवार, कार्तिक २६, २०८२ | अपराध, मिडियाबाट साभार, समाज

सम्बन्धित खबर