
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यलय इलाममा सवारी साधन लगायत कार्यालयका सामानहरुमा क्षति भएको छ । जसबाट ८१ लाख ९३ हजार ८११ रुपैया बराबरको क्षति हुन पुगेको छ ।
मोरङ कार्यालयको झ्यालका सीसा फुटाएको र सामानहरु जलाएको छ । जहाँ १७ लाख ४२ हजार ५०० बराबरको क्षति भएको छ ।
सप्तरी कार्यलयमा मोटरसाइकल, कार्यालयका सामान, कागजात र मेसिन औजार जलेको छ । यहाँ एक करोड ४७ हजार ४९९ को क्षति भएको विवरण छ ।
काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सवारी साधनको सिसा फुटेको छ । जहाँ ५० हजारको क्षति भएको छ ।
चितवन कार्यालयमा सवारी साधन लगायत कार्यालयका सबै सामानमा आगलागी भएको छ । २ करोड, ३१ लाख १ हजार २७० रुपैया बराबरको क्षति भएको छ ।
कास्की कार्यालयमा चारपाङ्ग्रे सवारीसाधन जलेको छ । मोटरसाइकल तोडफोड भएको र झ्यालको सीसा र कुर्सी तोडफोड भएको छ । यहाँ ७३ लाख ४० हजारको क्षति भएको छ ।
तनहुँ कार्यलयमा बोलेरो जीप तोडफोड भएको छ । ३ लाख ५० हजारको क्षति भएको छ ।
दाङमा चारपाङ्ग्रे सवारी साधन पूर्ण क्षति भएको छ । कार्यालय सामानमा क्षति भएको छ । ५१ लाख ७१ हजार ४१ रुपैया बराबरको क्षति भएको छ ।
डडेलधुरामा कार्यालय भवन तोडफोड भएको छ । चारपाङ्ग्रे सवारी साधन क्षति भएको छ । २ ओटा मोटरसाइकल जलेको छ । कार्यालय सामानहरु तोडफोट भएको छ । यसबाट १४ लाख ४ हजार बराबरको क्षति भएको छ ।
आयोगको केन्द्रीय कार्यालयमा भने एउटा मोटरसाइकल क्षति भएको छ । तीन लाख बराबरको क्षति भएको छ ।
सबैतिर गरेर पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।


