२०८२ कार्तिक २५, सोमवार , ११:१३:२८ बजे

Sajhamanch
'

कीर्गिस्तानसँग पराजित हुँदै नेपाल काभा महिला १९ वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा दोस्रो

सोमवार, कार्तिक २५, २०८२

काठमाडौं । श्रीलंकामा भएको काभा महिला १९ वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । हिजो फाइनलमा कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल दोस्रो स्थानमा सीमित भएको हो ।

कीर्गिस्तान २२–२५, २५–२०, २५–२१, १३–२५ र १५–११ ले विजयी भएको थियो । यसअघि समूह चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–२ ले नै पराजित भएको थियो । नेपालले श्रीलंकालाई समूह चरणमा तथा माल्दिभ्सलाई समूह चरण र सेमिफाइनल हराएको थियो । च्याम्पियनसिपमा चार टोलीको सहभागिता थियो ।

नेपालले गएको वर्ष काभा महिला २० वर्ष मुनिको प्रतियोगितामा कास्य पदक जितेको थियो । हिजै भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै श्रीलंका तेस्रो भएको छ ।

सम्बन्धित खबर