२०८२ कार्तिक २२, शुक्रवार , १२:२८:१२ बजे

Sajhamanch
'

राहदानी अभावको समस्या आउँदो फागुन ११ गतेपछि समाधान हुने

शुक्रवार, कार्तिक २२, २०८२

काठमाडौं । सरकारले राहदानी अभावको समस्या आउँदो फागुन ११ गतेपछि समाधान हुने भन्दै त्यसबेलासम्म अति आवश्यक परेकाले मात्रै आवेदन दिन आग्रह गरेको छ ।

विभागबाट प्रदान गर्ने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने भए पनि आकस्मिक उपचार, तत्काल रोजगारी वा विदेशमा अप्ठ्यारोमा परेको अवस्थाका व्यक्तिले मात्र राहदानीका लागि आवेदन प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार अहिले नयाँ आपूर्तिकर्ता र अहिलेको आपूर्तिकर्ताबीच हुने ‘हेन्डओभर–टेकओभर’ को सङ्क्रमणकालीन अवस्थामा रहेकोले राहदानी पुस्तिका न्यून भएको हो ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गएको साउनमै खरिद सम्झौता गरिसकेको छ । सम्झौता अनुसार आउँदो फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले गएको सोमवारदेखि दैनिक एक हजार जनाको आवेदन लिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

शुक्रवार, कार्तिक २२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर