२०८२ कार्तिक २१, बिहिवार , ०४:१७:३४ बजे

Sajhamanch
'

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बिहिवार, कार्तिक २१, २०८२

काठमाडौं । ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।

नेपालमा यो कार्यक्रम वर्षमा दुई पटक सञ्चालन गरिन्छ । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते सञ्चालन गरिने कार्यक्रम यस वर्ष भने तिहार परेकाले आज र भोलिका लागि तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर