
मनिला (फिलिपिन्स) । सन् २०२५ को ‘मिस अर्थ’ प्रतियोगितामा दिगोपनको पक्षमा उभिने एक नयाँ वातावरणीय योद्धालाई ताज पहिराइएको छ । उनी चेक गणतन्त्रकी नताली पुस्किनोभा हुन् ।बुधबार साँझ पारानाक शहरको ओकाडा मनिलाको कोभ मनिला क्लबमा आयोजित ग्राण्ड फिनालेमा गतवर्षकी विजेता अष्ट्रेलियाकी जेसिका लेनको हातबाट नतालीले ताज पहिरिइन् ।नयाँ विजेताले ८१ अन्य आकांक्षीलाई पछि पारिन् । उनले ‘ब्युटीज फर ए कज’ शीर्षकअन्तर्गत जलवायु परिवर्तनको प्रभावसँग लड्ने लक्ष्य राखिएका परियोजनामा भाग लिने अपेक्षा गरिएको छ ।
पृथ्वीका अन्य तीन तत्वमा बाँडिएका ‘एलिमेन्ट क्विन’को ताज पनि पहिर्याइयो । आइसल्याण्डकी सोल्डिस इभार्सडोटिरले मिस अर्थ-एयरको उपाधि जितिन् ।
संयुक्त राज्य अमेरिकाकी फिलिपिनो(अमेरिकी सुन्दरी बी मिलन-विन्डोस्र्कीले मिस अर्थ- वाटरको ताज भियतनामकी मु अन ट्रिन्हलाई हस्तान्तरण गरिन् । थाइल्याण्डकी वारी न्गमखामले मिस अर्थ-फायरको उपाधि जितिन् ।
मिस नेपाल अर्थ सोनी घलेले सानदार प्रस्तुतिको बाबजुद पनि अन्तिम २५ मा स्थान बनाउन सकिनन् । यद्यपी, उनले प्रारम्भिक चरणमा सशक्त प्रस्तुतिले सबैको ध्यानाकृष्ट गरिन् ।मिस अर्थ प्रतियोगिता सन् २००१ मा क्यारोसेल प्रोडक्सनले वातावरणीय जागरूकता प्रवद्र्धन गर्ने प्लेटफर्मको रूपमा स्थापित गरेको थियो ।


