२०८२ कार्तिक २०, बुधवार , ०३:२१:४५ बजे

Sajhamanch
'

काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु

बुधवार, कार्तिक २०, २०८२

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

बा.५ख. ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मण्डनदेउपुर–७ झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

उनका अनुसार दुर्घटनामा टिपरका सहचालक सोही वडाका २२ वर्षीय विक्रम राई गम्भीर घाइते भएका छन् ।

घाइते राईको शरीरका विभिन्न भाग जलेकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी प्रवक्ता विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले दुर्घटना तथा आगलागीबारे थप अनुसन्धान गरिरहेको छ ।

बुधवार, कार्तिक २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर